वीरगन्ज,२५फागुनःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा झण्डै १६ बर्षपछि यसपालि चैत ५ मा स्ववियु निर्वाचन हुदैंछ । जसका कारण फागुन तेश्रो सातादेखि ठाकुुरराम क्याम्पसमा दलगत संघ÷संगठनका साथै विभिन्न समुहको चुनावी सकृयता बढेको छ ।
चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि संघ÷संगठन र विभिन्न समुह गरी ३४ वटा संघ÷संगठन र समुह दर्ता भएका छन् । ती संघ÷संगठन र समुहबाट स्ववियु सभापतिका लागि थप्रै विद्यार्थी नेताहरु आकांक्षीका रुपमा अगाडि देखिएका छन् । तीनै मध्येका एक हुन् – राजु गुप्ता ।
क्याम्पसका विद्यार्थीहरुमाझ लोकप्रिय नेताका रुपमा स्थापित गुप्ता नेविसंघमा आबद्ध छन् । तर दलगत संगठन भन्दा पनि लोकप्रिय छविका कारण विद्यार्थीहरुको रोजाईमा गुप्ता अग्रपंक्तिमा देखिएका छन् ।
ठाकुर राम बहुमुखी क्याम्पसमा पढने विद्यार्थीहरु पनि जातपातको राजनीतिमा सक्रिय रहेको बेला राजु गुप्ता जातपातभन्दा पनि विद्यार्थीहरुको हकअधिकारका लागि वकालत गर्दै आएका कारण विद्यार्थीहरुमाझ अन्य उम्मेदवारभन्दा अब्बल देखिएका छन् ।
क्याम्पसका परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पर्ने, नियमित कक्षा सञ्चालन,प्राध्यापकहरुको नियमित उपस्थिती लगायतका विषय आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको गुप्ताले बताए ।
ठाकुर राम क्याम्पस परिसर सफा, सुन्दर र शान्त वातावरणको हुनुपर्ने भन्दै उनले विद्यार्थी बस्ने अहिलेको छात्रावासको दुरावस्थामा आमूल सुधार ल्याउनुपर्ने आवश्यकता रहेको उनले बताए । यस्तै क्याम्पसको पुस्तकालयमा समेत सबै विद्यार्थीहरुको पहुँचमा नभएको उल्लेख गर्दै उनले पुस्तकालयलाई डिजिटल प्रविधिमार्फत विद्यार्थीको पहुँचमा पु¥याउने आफ्नो सोच रहेको बताए ।समग्र रुपमा क्याम्पसको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउने सोचका साथ आँफु अगाडि बढेको उनको भनाई छ ।

