Madhes Khabar
राजनीति

सरुवा भएका कार्यालयमा हाजिर नहुने कर्मचारीलाई कारबाही गर्ने मन्त्री गुप्ताको चेतावनी

काठमाडौं,१४कार्तिकः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नहुने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरू तोकिएको कार्यालयमा हाजिर नभएको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण संकलन थालिएको मन्त्री गुप्ताले बताएका छन् ।

उनले भने,‘विवरण सङ्कलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् ? त्यसबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको छ ।

‘हामीले सरुवा गरेर पठाएका धेरैजसो कर्मचारीहरू सम्बन्धित कार्यालयहरूमा हाजिर भइसक्नुभएको छ । तर, केही कर्मचारीले मात्रै विभिन्न बाहानाबाजी गरेर हाजिर गर्नुभएको छैन । उहाँहरूलाई तोकिएको कार्यालयमा हाजिर गर्न हामीले पटक–पटक ताकेता पनि गरिरहेका छौँ,’ मन्त्री गुप्ताले भने, ‘अब हामी ताकेता गर्न छोडेर उहाँहरूको विवरण सङ्कलन गरिरहेका छौँ । जो जानुभएको छैन उहाँमाथि र जसलाई हाजिर गर्न दिइएको छैन ।उहाँहरूको पालिकामाथि पनि कारबाही गर्छौँ ।’

खटाइएका कर्मचारीहरूलाई हाजिर गर्न नदिने गाउँपालिका र नगरपालिकामाथि पनि मन्त्रालयले कारबाही गर्ने उनको भनाइ छ । जनताले दैनिक रूपमा सेवा उपभोग गर्ने स्थानीय तहका कुनै पनि कार्यालयमा नगर तथा गाउँपालिका प्रमुख अथवा कर्मचारीहरूबाट हुने कमजोरीमाथि मन्त्रालयले आवश्यक निगरानी गरिरहेको बताउँदैै मन्त्री गुप्ताले सुशासनको सवालमा सरकार दृढ रहेको र कसैको दबाब वा प्रभावमा आफू नपर्ने स्पष्ट पारे ।

गाउँ वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्यो भने जनताले सेवासुविधा नपाउने र जनताको सेवा सुविधाका लागि पनि आफू निर्मम भएर अघि बढ्ने उनले बताए । द्यपि, कोही कर्मचारीको वास्तविक समस्या रहेको खुलेमा उनीहरूका हकमा सहजीकरण गर्न पनि आफू तयार रहेको उनको भनाइ छ ।

कर्मचारी नपुग भएको ठाउँमा मन्त्रालयको ध्यान पुगेको भन्दै उनले ब केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्ने दाबी दोहो¥याए ।

Related posts

पर्सामा काँग्रेसको चुनावी गतिविधी तिब्र , विभिन्न चुनावी समिति गठन

MadhesKhabar

उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्दै प्रमिलाको उम्मेदवारी फिर्ता

MadhesKhabar

मेयरको सपथग्रहणमा सहभागी हुन जसपाका अध्यक्ष उपेन्द्र यादव वीरगन्जमा

MadhesKhabar

Leave a Comment