Madhes Khabar
राजनीति

चुनाव अगाडि नै पार्टीको महाधिवेशन गर्न वीरगन्जका कांग्रेस नेताहरुको माग

वीरगन्ज,२९कात्तिकःनेपाली कांग्रेसको वीरगन्ज महानगर कार्यसमितिले पार्टीको १५ औं महाधिवेशन निर्वाचन अगाडि नै हुनुपर्ने माग गरेको छ ।

शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मा बसेको महानगर समितिको बैठकले पार्टीको १५ औं नियमित महाधिवेशन आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वााचन अगाडि नै हुनुनपर्ने निर्णय गरेको हो ।

३२ वटै बुथ समितिका सभापतिको समेत सहभागितामा बसेको बैठकले वर्ततमान वडादेखि केन्द्र सम्मका सम्पूर्ण पदाधिकारी र सदस्यहरूको कार्यकाल मंसिर महिनामै समाप्त हुने हुदाँ र साथै विशेष अधिवेशनको सन्दर्भमा पनि बहश चलिरहेका बेला निर्वाचन भन्दापहिले नै पार्टीको १५ औं नियमित महाधिवेशन हुनुपर्ने निर्णाय गरेको महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ नेपालीले जानकारी दिए ।

साथै बैठकले अनुशासनको कारबाहीमा परेका र पार्टी छोडेर गएका नेताकार्यकर्ताहरूलाई पार्टीमा पुन सम्मान र जिम्मेवारीसहित फर्काउने निर्णयपनि गरेको छ ।

 

Related posts

जसपाका नयाँ मन्त्रीहरुको सुचीमा सांंसद प्रदीप यादव पनि

MadhesKhabar

वीरगन्ज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु

MadhesKhabar

सहकारी ठगीमा मुछिएका रवि लामिछानेसहितकालाई कारबाही गर्न नेविसंघ पर्साको माग

MadhesKhabar

Leave a Comment