Madhes Khabar
राजनीति

उपेन्द्र यादवको पार्टीमाथि नयाँ दल जसपा हरेक ठाँउमा हाबी रहन्छ : मेयर सिंह

वीरगन्ज,२६बैशाखःजनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्य राजेशमान सिंहले उपेन्द्र यादवको जसपा नेपालमाथि आफुहरुको पार्टी हरेक जिल्लामा हाबी रहने दाबी गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) को वीरगन्जमा बुधबार पहिलोपटक आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वीरगन्ज महानगरका मेयरसमेत रहेका सिंहले उक्त दाबी गरेका हुन्।

जसपा नेपाल पार्टीलाई उपेन्द्र यादवले एउटा प्राइभेट कम्पनि लिमिटेडेका रुपमा चलाएकोले आँफुहरुले त्यसको विद्रोह गरेर नयाँ दल बनाएको सिंहले बताए । उपेन्द्र यादवले रकम लिएर मन्त्री बनाउने, प्रदेश सरकारका मन्त्रालयका योजनाहरु पहिल्यै कमीशन लिएर पालिकाहरुलाई वितरण गर्ने , जिल्लामा पार्टीभित्र कुनै विवाद हुदाँ समाधानको सट्टा आँफुले नै गुटउपगुट बनाएर हिड्ने जस्ता अराजकता मच्चाएको आरोपनि उनले लगाए ।

नयाँ दल जसपालाई अब नयाँ शीराबाट अगाडि बढाउने भन्दै उनले यो दलमा सबै तहका नेताकार्यकर्ताको समान मूल्यांकन गरिने भएकाले आँफुहरुको दलमा आबद्ध हुन उनले आह्वानपनि गरे ।उनले नयाँ पार्टीको संगठन निर्माणमा आजैदेखि सशक्त भएर लाग्न नेताकार्यकर्ताहरुलाई निर्देशनपनि दिए ।

जसपाका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनलाल चौधरीको अध्यक्षता तथा केन्द्रि सदस्य एंव वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको विशेष उपस्थितीमा जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भेलामा जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, पूर्व प्रदेशसभा सदस्यहरु जन्नत अन्सारी र भीमा यादव ,बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेली , युवा नेता ईश्वरचन्द्र यादव,वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार , वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, वडा नम्बर १५ का वडाध्यक्ष रमेश यादव, वडा नम्बर १८ का वडाध्यक्ष उमाशंकर तिवारी , वडा नम्बर २९ का धर्मेन्द्र चौधरी, वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादव, वडा नम्बर ३२ का वडाध्यक्ष रियाज अहमद,वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यहरु खैरुदिन मियाँ , रबुल्सन खातुन र कलावती देवी, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलमका साथै जसपाका नेता कार्यकर्ताहरुकोपनि सहभागिता रहेको जसपाका नेता उमेशलाल सहनीले जानकारी दिए ।

 

Related posts

राप्रपा नेता रवीन्द्र मिश्रको सुझाव : राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

MadhesKhabar

पर्सा २ का राप्रपा उम्मेदवार साह भन्छन् : नेपाललाई हिन्दु राष्ट्र बनाउन राप्रपा नै जित्नु पर्छ

MadhesKhabar

जसपाकै नेताहरुले विद्रोहको धम्की दिएपछि अध्यक्ष उपेन्द्र यादव तनावमा

MadhesKhabar

Leave a Comment