Madhes Khabar
राजनीति

काँग्रेस बाराको कोषाध्यक्षमा चौधरी मनोनित

मधेसखबर
वीरगन्ज,०१ भदौ : नेपाली काँग्रेस बाराको कोषाध्यक्षमा वाासुदेव चौधरी मनोनित भएका छन् । कलैया स्थित पार्टी कार्यालयमा बुधबार बसेको काँग्रेस जिल्ला कार्य समिमतिको चौथो बैठकले चौधरीलाइ जिल्ला कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

काँग्रेस जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा बसेको बैठकले जिल्ला संसदीय समितिको सदस्यमा चिन्तादेवी यादव , वीरेन्द्र यादव , मुकेश कुशवाहा , सुनैना देवी कलवार र कलवाती पासवानलाइ मनोनित गरेको छ ।

यस्तै बैठकले जिल्ला स्तरमा विभन्न शाखा र समिति गठनको जिम जिल्ला सभापति यादवलाइ दिने निर्णय पनि गरेको छ । बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छनौट गर्न पार्टीको विधान र नियमावली अनुसार उम्मेदवारको नाम प्रस्तावित र सिफारिस गर्न बस्ने बैठकमा प्रतिनिधी खटाउने जिम्मा जिल्ला सभापति यादवलाइ नै दिने निर्णय पनि गरेको छ ।

यसैगरि बैठकले जिल्ला कार्यसमितिले गरेका निर्णय कार्यान्वयन नगर्ने मातहतको निकाय र सम्बन्धित व्याक्तिलाइ अनुशासनको कारबाही गर्ने निर्णय पनि गरेको काँग्रेसका महाधिवेशन प्रतिनिधी लोकेश सिंहले जानकारी दिए ।

Related posts

बारामा पत्रकार सम्मेलन गरि राष्ट्रिय जनता दल पार्टीको घाेषणा

MadhesKhabar

जसपा नेपालको प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनलाई

MadhesKhabar

रवि लामिछानेलाई पक्राउ नगर्न माग गर्दै वीरगन्जमा रास्वपाकाे प्रदर्शन

MadhesKhabar

Leave a Comment