Madhes Khabar
राजनीति

बारामा पत्रकार सम्मेलन गरि राष्ट्रिय जनता दल पार्टीको घाेषणा

वीरगन्ज ,२३असार: बारामा राष्ट्रिय जनता दल नेपाल नामकाे नयाँ राजनीतिक दलको घोषणा गरिएको छ ।शनिबार कलैया स्थित दास गेष्ट हाउसमा पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रिय जनता दल नेपाल नामक पार्टीको घोषणा गरिएको हो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय जनता दल नेपालका केन्द्रीय अध्यक्ष आनन्द शर्माले पार्टीको झण्डा हरियो रङ्गको पृष्ठभूमिमा लालटीन रहेको जानकारी गराए । पार्टीको चुनाव चिन्ह पनि लालटीन नै राख्ने निर्माण गरिएको केन्द्रीय अध्यक्ष शर्माले जनाए ।

उनले पार्टीको अन्य पदाधिकरी चयनका लागि बृहत छलफल भईरहेको तथा चाडै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताए ।शर्माका अनुसार, पार्टीको केन्द्रीय कार्यालय कलैयामा रहनेछ ।

एक दशक भन्दा बढि समयदेखि पत्रकारिता क्षेत्रमा लागेका शर्माले समाजको रक्षक भई सेवा गर्ने अभिप्रायले दल खाेलेर राजनीतिमा लागेको बताए ।

राष्ट्रिय जनता दल नेपालले राजनीतिलाई जनसेवी बनाउदै समावेशी विकासको बाटो खोल्नेमा आफु विश्वस्त रहेको उनले जिकिर गरे। नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रलाई सही गति दिने अभियानमा आफ्नाे पार्टी लाग्ने उनकाे भनाई छ ।

राजनीतिमा अहिलेलदेखिएकाे नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नया नेतृत्व र नयाँ कार्यशैलीले आफु विचलित नभएको भन्दै उनले राष्ट्रिय जनता दल नेपालले नयाँ युगको नयाँ कार्यभार सम्हालने ठोकुवा गरे ।

आफु जिवित रहुन्जेल देश र जनताको सेवामा निरन्तर लागि रहने केन्द्रीय अध्यक्ष शर्माले प्रतिबद्धता जनाए ।

Related posts

चुनाव जिते आफु मुख्यमन्त्री बन्ने पक्का रहेको कुर्मीको दाबी

MadhesKhabar

राष्ट्रिय सभा सदस्यका लागि मधेसबाट पर्साकी उषा थरुनीसहित पाँच जना उम्मेदवार

MadhesKhabar

धनुषा–१ विवाद : उम्मेदवार नै नभएको घण्टीलाई दोब्बर मत, निर्वाचन आयोगले मातृकालाई मानेन विजेता

MadhesKhabar

Leave a Comment