Madhes Khabar
राष्ट्रिय हेडलाइन

फागुनमै स्थानीय तहकाे चुनाव गर्ने निर्वाचन आयाेगकाे तयारी

फाइल तस्बिर ।

काठमाडौं,२असाेज: निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आगामी फागुनमा गर्नेगरी तयारी सुरु गरेको छ । वैशाख २०७९ मा भएको स्थानीय तहको कार्यकाल सकिन २ महिनाअघि नै चुनाव गर्ने तयारीमा आयोग जुटेको हो ।निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले स्थानीय तहको कार्यकाल सकिन २ महिनाअघि नै निर्वाचन गराउने तयारीमा आयोग जुटेको बताए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद २ को १ मा गाउँसभा र नगरसभा कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगाडि हुनेछ भन्ने प्रावधान रहेकाले त्यसैलाई टेकेर स्थानीय तह निर्वाचनको तयारी गरिएको आयुक्त सुब्बाको भनाइ छ ।

निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनमा अन्तर- जिल्ला मतदानको व्यवस्था गर्ने पनि तयारी गरेको छ । आयुक्त सुब्बाले अन्तर जिल्ला मतदानका लागि अध्ययन भइरहेको भन्दै यसपटकका स्थानीय र प्रदेश निर्वाचनमा केही जिल्ला र प्रदेश सभाका निर्वाचन क्षेत्रबाट सुरु गर्ने बताए ।

अन्तर जिल्ला मतदानका लागि प्रविधि र बजेट खर्चिलो भए पनि आयोग डिजिट-लाइज निर्वाचनको पक्षमा रहेकाले अबका निर्वाचनहरू ई-भोटिङ प्रणालीबाट अघि बढ्ने तयारीमा आयोग रहेको बताए । उनले विदेशमा रहेका नेपालीका लागि पनि दूतावास वा नियोगहरूमा अनलाइन भोटिङबाट सम्भव नहुँदासम्म ई-भोटिङ प्रणालीबाट मतदान गराउने गरी आयोग तयारीमा जुटेको बताए ।

३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन ८ महिना बाँकी रहँदा आयोगले तयारी थालेको हो । संविधानको धारा २२५ मा भने स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्षको हुने उल्लेख छ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान छ ।साभार:इकान्तिपुर

Related posts

नारायणी अस्पतालबाट सुत्केरी भत्ता रकम नपाउँदा १ हजार बढी सुत्केरी महिला मर्कामा

MadhesKhabar

७ महिनामै वीरगन्ज भन्सार नाका हुदैं भित्रियो करिब १५ अर्बको खाद्यान्न

MadhesKhabar

वीरगन्जबासीलाई पूर्वमन्त्री यादवको उपहारः “वीरगन्ज खानेपानी वितरण प्रणाली” परियोजनाको कार्यन्वयन सुरु

MadhesKhabar

Leave a Comment