Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालबाट सुत्केरी भत्ता रकम नपाउँदा १ हजार बढी सुत्केरी महिला मर्कामा

वीरगन्ज,१२भदौंःबुधबार दिउँसो नारायणी अस्पताल परिसरमा भेटिएका महेश पासवानले भने,‘ १ हजार भत्ता लिन २ हजार खर्च कस्ले गर्छ ?उहि बेला नै पाइदैन भन्दिएको भए अहिले म किन आँउथे र ?आजै किरायाभाडामा ५ सय खर्च भइ हाल्यो । अब फेरि असोजमा आउनु भनेका छन् । फेरि ५ सय खर्च हुन्छ । दुई दिनको मजदुरी १ हजार हुन्छ । अनि १ हजार भत्ता लिनका लागि २ हजार खर्च कस्ले गर्छ र ?

१५ दिनपहिले नारायणी अस्पताालमा छोरीको प्रसूती गराएका पासवान आमा सुरक्षा कार्यक्रम अन्तर्गतको यातायात खर्च बापत सरकारबाट पाइने १ हजार रुपैयाँ भत्ता लिन बुधबार अस्पतालमा पुग्दा कर्मचारीले असोजको भाका सारेपछि निरास हुदैं घर फर्किए ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गतको यातायात खर्च बापत सुत्केरी महिलाले पाउने भत्ता रकम वितरण कार्य वीरगन्जको नारायणी अस्पतालमा साउन १ गतेदेखि रोकिदाँ पासवानजस्तै १ हजार बढी सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा जन्मिएका नवजात शीशु र सुत्केरी महिलाालाई अस्पतालबाट डिस्चार्ज गर्ने बेलामै अस्पतालले उपलब्ध गराउनु पर्ने उक्त भत्ता रकम नारायणी अस्पतालले साउन १ गतेदेखि वितरण गरेको छैन । जसका कारण साउन १ गतेदेखि भदौं ११ गतेसम्म उक्त सुविधाबाट १ हजार ४८ सुत्केरी बञ्चित भएका छन् ।

साउन २७ गते शीशु र आमालाई डिस्चार्ज गर्ने बेला अस्पतालका कमर्मचारीले चालू आर्थिक वर्षका लागि अस्पतालको खाता नखुलेका ले भदौं १० गते यातायात खर्च बापतको भत्ता रकम लिन आउनु भनेर पठाएका थिए । त्यही अनुसार बुधबार अस्पतालमा आउँदा फेरि कर्मचारीले त्यहि जवाफ फर्काएर अब असोजमा आउन भनेपछि उक्त रकमका लागि अब फेरि अस्पताल नआउने बरु भत्ता नै नचाहिने भन्दै आक्रोश पोख्दै पासवान घर फर्किए ।

उनले भने,‘ यसरी बार बार झुलाउने नै भए सरकारले दिने नियम नै नबनाएको भए हुन्थ्यो । जेतनाके मुर्गी ना ओतनाके मसाला (जति मूल्यको कुखुरा छैन त्यो भन्दा बढी त मरमसलामै लाग्ने )।

पासवानको उक्त गुनासो लिएर पुग्दा अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले भने कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले गत असार २४ मा बन्द गरेको अस्पतालको खाता हालसम्मपनि नखोलिदिएका कारण यस्तो समस्या भएको बताए ।

सुत्केरीलाई अअस्पतालबाट डिस्चार्ज गर्ने बेलामै उक्त भत्ता रकम दिनुपर्ने निर्देशीकामा उल्लेख भएपनि अस्पतालको खाता नखुलेका कारण सााउन १ गतेदेखि उक्त रकम वितरण गर्न नसकिएको उनले मधेसखबरलाई बताए । चालु आर्थिक वर्षका लागि साउन दोश्रो या तेश्रो हप्तामै खाता पुन खोल्नुपर्ने भएपनि कोलेनिकाले त्यसमा ढिलाई गरेका कारण आमा सुरक्षा कार्यक्रम अन्तर्गतको यातायात खर्च बापतको रकम वितरण गर्न नसकिएको हकले बताए ।

उनले भने,‘ अब यो समस्या छिट्टैै समाधान हुन्छ । यदि कोलेनिकाले १÷२ दिनमा पनि खाता खोलेन भनेपनि अस्पताल प्रशासननले अन्य कतैबाट रकमको जोहो गरेर उक्त सुविधा उपलब्ध गराउँछ ।’

Related posts

भीषण गर्मीबाट राहत दिन वीरगन्जको घण्टाघरमा निःशुल्क चिसो पिउने पानी वितरण

MadhesKhabar

एन्जल बसका चालक स्व. महतोका दुई छोराको १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मेयर सिंहले मिलाए

MadhesKhabar

जनमत पार्टीको समाज सेवा : वीरगन्जको रामटोलमा निःशुल्क शिविरबाट २०० जना लाभान्वित

MadhesKhabar

Leave a Comment