Madhes Khabar
स्वास्थ्य

जनमत पार्टीको समाज सेवा : वीरगन्जको रामटोलमा निःशुल्क शिविरबाट २०० जना लाभान्वित

वीरगन्ज,२८पुसःजनमत पार्टीले पर्सा जिल्लामा लोककल्याणकारी अभियान अन्तर्गत आँखाका बिरामीहरुका लागि निःशुल्क आँखा जाँच र शल्यकृया शिविरलाई निरन्तरता दिएको छ ।

यसैक्रममा आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलमापनि जनमत पार्टी पर्साको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।उक्त शिविरमा २ सय जनाको आँखाको चेकजाँच गरिएको छ ।

तीमध्ये १६ जनामा मोतिया बिन्दुको समस्या भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । उनिहरुको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।

शिविरमा वीरगन्ज सामुदायिक आँखा केन्द्रका महेशसिंह धामी नेतृत्वको टोलीले शिविरमा आएकाहरुको आँखा जाँच गरेको थियो

Related posts

कानुनले अधिकार दिएको सुरक्षित गर्भपतन, व्यवहारमा महिलामाथि अपराधको छाया अझै कायम

MadhesKhabar

वीरगन्जमा रहेको शुभलाभ फार्मालिंकको औषधि बेचबिखनमा प्रतिबन्ध

MadhesKhabar

नारायणी अस्पतालमा जनशक्ति थप गर्न सांसद प्रदीप यादवको माग

MadhesKhabar

Leave a Comment