Madhes Khabar
समाज हेडलाइन

भीषण गर्मीबाट राहत दिन वीरगन्जको घण्टाघरमा निःशुल्क चिसो पिउने पानी वितरण

वीरगन्ज,२७ बैशाख : तरार्ई–मधेसमा केहि दिन यता बढ्दै गइरहेको प्रचण्ड गर्मीले जनजीवन नै कष्टकर बनेका बेला वीरगन्जको घण्टाघर चोकमा एक परोपकारी संस्थाले निःशुल्क चिसो पिउने पानीको व्यवस्था गरेको छ ।

सर्वसाधरण र बटुवाहरुलाई गर्मीबाट थोरै भएपनि राहत दिने उदेश्यले शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले घण्टाघर चोकमा शनिबारदेखि निःशुल्क चिसो पिउने पानी वितरण गर्न सुरु गरेको हो । उक्त कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

अहिलेको प्रचण्ड गर्मीमा वीरगन्जको बजारमा कामका शिलशिलामा आउने सर्वसाधरण,रिक्सा–ठेला चलाउने चालक तथा यात्रु लगायतका लागि घण्टाघर चोकमा चिसो पिउने पानीको व्यवस्था गरिएको प्रतिष्ठानकी अध्यक्ष मुना खनालले बताइन् ।

प्रतिष्ठानले शहीद मुकुन्द प्रसाद खनालको योगदानको स्मृतिमा सामाजिक उत्तरदायित्व अन्तर्गत समय–समयमा परोपकारी कार्यहरु गर्दै आएको भन्दै उनले आगामी दिनमा अझ प्रभावकारी र जनमुखी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

शनिबार निःशुल्क चिसो पिउने पानी वितरण कार्यक्रमको शुभारम्मको अवसरमा प्र्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्याय, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम,प्रतिष्ठानका सचिव लालबाबु सिंह, सहसचिव अजित भुजेल, सदस्यहरू जयकुमार दनुवार, शान्ति माली, नवराज भट्टराई, अभिलाष गुप्ता, पवन श्रेष्ठ, शर्मा गोसाई लगायतकोपपनि उपस्थिति रहेको थियो।

 

Related posts

शुल्क नतिरेका विद्यार्थीलाई परिक्षाबाट वञ्चित नगर्न निजी विद्यालयलाई वीरगन्ज महानगरकाे निर्देशन

MadhesKhabar

मुख्यमन्त्री राउतसंग भिड्दै लाेसपाका युवा नेता सर्राफ

MadhesKhabar

कलैयामा राजदेवी सांगीतिक समुहको वार्षिकोत्सवमा ७१ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment