Madhes Khabar
राष्ट्रिय हेडलाइन

६० किलो सुन तस्करी प्रकरणमा बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार पक्राउ

फाइल फाेटाे

काठमाडौं ,२२भदाैं: ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले सुन प्रकरणमा बाराका शिवकुमार सर्राफलाई  पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार सर्राफ बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्षपनि हुन्।

त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको डिआइजी कडायतले जानकारी दिए।

पक्राउ परेका सर्राफलाई  सिआइबीको नियन्त्रणमा राखिएको र शुक्रबार म्याद थपका लागि अदालत उपस्थित गराइने उनले बताए।

योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

यसअघि यही प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरिएको थियो।

त्यस्तै पूर्वउपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि सोधपुछ गरिएको छ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

Related posts

वीरगन्जका आसिफकाे विस्फोटक ब्याटिङमा नेपालले जित्याे वेस्ट इन्डिजविरुद्धको सिरिज

MadhesKhabar

सुक्खाग्रस्त मधेसमा न राहत, न ठोस कार्यक्रम

MadhesKhabar

आज छठ पर्व हर्षोल्लाशका साथ मनाइदै

MadhesKhabar

Leave a Comment