Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जका आसिफकाे विस्फोटक ब्याटिङमा नेपालले जित्याे वेस्ट इन्डिजविरुद्धको सिरिज

काठमाडौं,१४असाेज: वेस्ट इन्डिजलाई लगातार दुई खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला एक खेल अगावै जितेको छ ।

साेमबार राति भएकाे सिरिजकाे दाेस्राे खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । वेस्ट इन्डिज कुनैपनि बेला खेलमा हावी हुन सकेन ।

नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।

नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।

यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो । यस खेल जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला समेत जितेको छ ।

Related posts

रौतहटका मेयर सहित २१ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

नेपाल आउने भारतीय पर्यटकको सहजताका लागि वीरगन्ज नाकामा एकिकृत सुरक्षा बीट बनाउँदै महानगर

MadhesKhabar

टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

MadhesKhabar

Leave a Comment