Madhes Khabar
खेलकुद

टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

फाइल तस्बिर ।

वीरगन्ज,२७जेष्ठः अमेरिका र वेस्ट इन्डिजमा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् ।

समूह ए मा रहेका भारत र पाकिस्तानबिचको खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि अमेरिकाको न्युर्योकमा सुरु हुनेछ।

जारी विश्वकपमा भारतले पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।यस्तै पकिस्तान भने पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो ।

भारत आजको खेलमा जित निकाल्दै सुपर आठको सम्भावना बलियो बनाउँन चाहन्छ । पाकिस्तान पनि भारतलाई हराउँदै सुपर आठको सम्भावना कायम राख्न चाहन्छ ।

Related posts

वीरगन्जमा जारी एनआई कप क्रिकेटमा नेशनल एकेडेमीको सानदार जीत

MadhesKhabar

टी-२० विश्वकप: सुपर ओभरमा नामिबिया विजयी

MadhesKhabar

७ महिनापछि आज नेपाली जर्सीमा फर्कदै सन्दीप लामिछाने

MadhesKhabar

Leave a Comment