Madhes Khabar
खेलकुद

७ महिनापछि आज नेपाली जर्सीमा फर्कदै सन्दीप लामिछाने

फाइल फोटो

काठमाडौं,१अिार:नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने ७ महिना १० पछि नेपाली टोलीको जर्सीमा फर्कदै छन् ।

नेपाली क्रिकेट टोलीले आज(शनिबार)बिहाा वेस्ट इन्डिजमा नवौं संस्करणको टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको सामना गर्दैछने । उक्त खेलमा सन्दीपले २ सय २२ दिन पछि राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गर्दै छन् । सन्दीपले नेपाली राष्ट्रिय टोलीबाट यसअघि अन्तिम पटक सन् २०२३ नोभेम्बर ५ मा टी-२० विश्वकप एसिया छनोटको फाइनको फाइनल खेलमा ओमानसँग खेलेका थिए ।उक्त खेलमा सन्दीपले ४ ओभरमा ३० रन खर्चिएर २ विकेट लिएका थिए ।

ओमानविरुद्ध प्राप्त गरेको दुवै विकेट सन्दीपले अन्तिम ओभरमा लिएका थिए । अन्तिम ओभरको दोस्रो र तेस्रो बलमा सन्दीपले क्रमश आयान खान र सकिल अहमदलाई आउट गराएका थिए ।त्यहि ओभरको अन्तिम बलमा फैज बटलाई रन आउट गर्दै नेपालले उक्त खेल सुपर ओभरमा पुर्याएको थियो । नेपालले सुपर ओभरमा गएर उक्त खेल गुमाएको थियो ।

त्यसको केही समयपछि बलत्कार अभियोग प्रमाणित भए सँगै सन्दीपलाई राष्ट्रिय टोलीबाट निलम्बन गरिएको थियो । तर, २०८१ जेठ ३ बुधबारका दिन आरोपबाट उच्च अदालतले सफाइ दिएपछि सन्दीपलाई क्रिकेट खेल्ने बाटो खुलेको थियो । त्यहि दिन नै नेपाल क्रिकेट संघ(क्यान) ले उनी माथिको निलम्बन फुकुवा गरेपछि उनलाई विश्वकप सहभागीताको बाटो खुलेकाे थियो ।

विश्वकपका लागि अमेरिकाको भिषा अस्विकृत भएपछि दुई खेल खेल्नका लागि भए पनि सन्दीप वेस्ट इन्डिज पुगेका हुन् । सन्दीपले शनिबार दक्षिण अफ्रिकाविरुद्धको खेलबाटै विश्वकपमा डेब्यु गर्ने छन् ।

सन्दीपले शनिबारको खेलमा दुई विकेट लिन सकेमा टी-२० आईमा राशिद खानसँगै सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गर्ने कीर्तिमानी बराबरी गर्नेछन् । खानले २०२१ मा ५३ खेलमा यो कीर्तिमान बनाएका थिए । सन्दीपले अहिले सम्म ५२ खेलमा ९८ विकेट लिईसकेका छन् ।

एसोसिएट क्रिकेटमा भने उनि सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बन्नेछन् । एसोसिएटबाट यस अघि बिलाल खानले मात्र १ सय विकेट पूरा गरेका छन् । बिलालले ७२ खेलमा पूरा गरेका थिए ।

सन्दीपले २०१८ को मे मा टी-२० आई डेब्यु गरेका थिए ।साभार:विकेटनेपाल

Related posts

राष्ट्रिय खेलकुद प्रतियोगितामा वीरगन्जका सोयब अख्तरले जिते स्वर्ण पदक

MadhesKhabar

टी-२० सिरिजकाे उपाधिका लागि नेपाल र नेदरल्यान्डस् भिड्ने

MadhesKhabar

महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा नेपाल प्रवेश

MadhesKhabar

Leave a Comment