काठमाडौं,१७ कात्तिक : आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। टी–२० विश्वकप छनोटअन्तर्गत मुलपानीमा भइरहेको युएईविरुद्धको खेलमा आसिफले अर्धशतक प्रहार गरेका हुन्। उनले ३९ बलमा ५० रन बनाएका हुन्।
टी–२०आईमा यो आसिफको चौथो अर्धशतक हो। यसअघि उनले तीन अर्धशतक प्रहार गरिसकेका छन्। युएईले दिएको १३५ रनको लक्ष्य पछ्याइरहरेको नेपालले २ विकेटको क्षतिमा ९३ रन बनाएर खेलिरहेको छ।

