Madhes Khabar
खेलकुद

बेङखाडी युवा क्लब परवानीपुर गाेल्डकप फुटबलकाे सेमिफाइनलमा

वीरगन्ज,२९माघ:बेङखाडी युवा क्लब, वीरगन्ज-२१ परवानीपुरमा जारी चाैथाे परवानीपुर गाेल्डकप फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।परवानीपुर खेल मैदानमा मंगलबार भएको खेलमा बिएफसी चितवनलाई १-० ले हराउँदै बेङखाडी युवा क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हाे।

उक्त खेलकाे म्यान अफ दी म्याच बेङखाडीका भरत चाैधरी घाेषित भए।उनलाई वीरगन्ज-२१ का वडाध्यक्ष राधाकृष्ण राैनियारले नगद ५ हजार रुपैयाँ प्रदान गरे।

प्रतियोगितामा बुधबारदेखि सेमिफाइनल चरणका खेल सुरु हुनेछ।बुधबार पहिलाे सेमिफाइनल खेल राेमन फुटबल क्लब हरिवन सर्लाही र वीरगन्ज युनाईटेड क्लबबीच हुने आयाेजक क्लबका उपाध्यक्ष राजन उपाध्यायले जानकारी दिए।

परवानीपुर युथ क्लबले आयाेजना गरेकाे प्रतियोगितामा ८ टिम सहभागी छन्।प्रतियोगिताकाे फाइनल खेल फागुन ३ गते हुनेछ।उपाधि विजेता टिमले नगद ३ लाख १ हजार र उपविजेता टिमले नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ।

Related posts

पञ्चगावाँ गोल्ड कप फुटबलमा वीरगन्ज युथ एकेडेमीकाे सानदार जीत

MadhesKhabar

भारतलाइ हराउदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

टाइब्रेकरमा पाेर्चुगललाई स्तब्ध पार्दै फ्रान्स युराेकपकाे सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment