वीरगन्ज,२९माघ:बेङखाडी युवा क्लब, वीरगन्ज-२१ परवानीपुरमा जारी चाैथाे परवानीपुर गाेल्डकप फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।परवानीपुर खेल मैदानमा मंगलबार भएको खेलमा बिएफसी चितवनलाई १-० ले हराउँदै बेङखाडी युवा क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हाे।
उक्त खेलकाे म्यान अफ दी म्याच बेङखाडीका भरत चाैधरी घाेषित भए।उनलाई वीरगन्ज-२१ का वडाध्यक्ष राधाकृष्ण राैनियारले नगद ५ हजार रुपैयाँ प्रदान गरे।
प्रतियोगितामा बुधबारदेखि सेमिफाइनल चरणका खेल सुरु हुनेछ।बुधबार पहिलाे सेमिफाइनल खेल राेमन फुटबल क्लब हरिवन सर्लाही र वीरगन्ज युनाईटेड क्लबबीच हुने आयाेजक क्लबका उपाध्यक्ष राजन उपाध्यायले जानकारी दिए।
परवानीपुर युथ क्लबले आयाेजना गरेकाे प्रतियोगितामा ८ टिम सहभागी छन्।प्रतियोगिताकाे फाइनल खेल फागुन ३ गते हुनेछ।उपाधि विजेता टिमले नगद ३ लाख १ हजार र उपविजेता टिमले नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ।

