Madhes Khabar
खेलकुद

भारतलाइ हराउदै नेपाल सेमिफाइनलमा

मधेसखबर
वीरगन्ज,२४ भदौं : साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
श्रीलंकाको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

नेपालका लागि सरोज दर्लामीले खेलको ४५औं मिनेट, उनेश बुढाथोकीले ४९औं मिनेटमा र सुवास बमले ६८औं मिनेटमा गोल गरेका थिए। त्यसअघि भारतले २५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

यससँगै नेपाल समूह ’बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Related posts

सखुवाप्रसाैनी क्रिकेट प्रतियाेगिता : कालिकामाई गाँउपालिका विजयी

MadhesKhabar

प्राे-क्लब च्याम्पियन टी-२०: सन्दिप लामिछाने कप्तान रहेकाे पर्सा ११ काे लगातार दाेस्राे जीत

MadhesKhabar

क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो

MadhesKhabar

Leave a Comment