Madhes Khabar
खेलकुद

भारतलाइ हराउदै नेपाल सेमिफाइनलमा

मधेसखबर
वीरगन्ज,२४ भदौं : साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
श्रीलंकाको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

नेपालका लागि सरोज दर्लामीले खेलको ४५औं मिनेट, उनेश बुढाथोकीले ४९औं मिनेटमा र सुवास बमले ६८औं मिनेटमा गोल गरेका थिए। त्यसअघि भारतले २५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

यससँगै नेपाल समूह ’बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Related posts

क्यानडामाथि नेपालकाे सहज जीत

MadhesKhabar

आईपीएलमा आज हैदराबाद र गुजरात भिड्दै

MadhesKhabar

एसिया कपमा भारतले पाकिस्तानलाई हरायाे

MadhesKhabar

Leave a Comment