Madhes Khabar
खेलकुद

प्राे-क्लब च्याम्पियन टी-२०: सन्दिप लामिछाने कप्तान रहेकाे पर्सा ११ काे लगातार दाेस्राे जीत

वीरगन्ज,७पुष: वीरगन्जमा जारी प्रो – क्लब च्याम्पियन टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सन्दिप लामिछाने कप्तान रहेकाे पर्सा ११ ले लगातार दाेस्राे जीत हात पारेकाे छ।
नारायणी रंगशालामा शनिबार भएकाे खेलमा भारतकाे वन्डर क्लब नोयडालाई ५ विकेटले पराजित गर्दै पर्सा ११ ले लगातार दाेस्राे जीत हात पारेकाे हाे।
नोयडाले दिएको १०२ रनको लक्ष्य पर्सा ११ ले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।
पर्साका ११ का ब्याटर पवन सरार्फले आक्रमक ब्याटिङ गर्दै १३ बलमा अविजित २७ रन बनाएपछि पर्सा ११ काे जीत सुनिश्चित भएकाे हाे।यस्तै हासिम अन्सारीले ३९ बलमा २१ रन,अनिल साहले २४ बलमा २१ रन र इमरान शेखले १६ बलमा १४ रनकाे याेगदान दिए।
बलिङतर्फ नोयडाका सन्जीव चतुर्वेदीले ४ ओभरमा १७ रन दिदै २ विकेट लिए भने हर्षित सेठ्ठीले ४ ओभरमा १६ रन दिदैं २ विकेट लिए। यस्तै दिवांश रावतले ३ ओभरमा १९ रन दिदै एक विकेट लिए।
यसअघि पहिले व्याटिङ गर्दै वन्डर क्लब नोयडाले १९.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियाे।
नोयडाका लागि अल्पित गुप्ताले २६,हर्षित सेठ्ठीले १८ रन र तरुण बिष्टले १५ रन जाेडेका थिए।
बलिङतर्फ  पर्सा ११ का कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १४ रन दिदैं २ विकेट लिए भने सैफुल्लाह अन्सारीलेपनि ४ ओभरमा ११ रन दिदैं २ विकेट लिए।पवन सर्राफले ३ ओभरमा २८ रन दिदैं १ विकेट लिए।
यसअघि गत बिहीबार भएकाे उद्घाटन खेलमा पर्सा ११ ले भारतकै युपी ११ लाई १ विकेटले हराएको थियाे।
शनिबार नै भएकाे अर्को  खेलमा नेपाल पुलिस क्लबले युपी ११ लाई  ६ विकेटले पराजित गरेको छ।युपी ११ ले दिएको ८८ रनकाे झिनाे लक्ष्य पुलिसले १४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
पुलिसका लागि शंकर राणाले ३६ बलमा अविजित ३४ रन बनाए। यस्तै पुलिसका कप्तान आरिफ शेखले २३ बलमा २३ रन र दिलिप नाथले १७ बलमा २१ रन बनाए।
बलिङतर्फ युपी ११ का अहमदले २ ,भीम शर्मा र वासी अहमदले १/१ विकेट लिए।
यसअघि पहिले व्याटीङ गरेकाे युपी ११ ले २० ओभरमा ७ विकेट गुमाएर ८८ रनमात्र बनाएको थियो। युपी ११ का लागि निखिल प्रतापले २४ रन , जयदीप सिंहले १७ रन र शुभम चौधरीले १९ बलमा १५ रन बनाएका थिए।
पुलिसका बलर रसीद खान एक्लैले ३ विकेट लिए।करण केसी र सागर ढकालले २/२ विकेट लिए।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर क्लब नोयडा गरी ६ टिमले भाग लिएका छन्।सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

Related posts

दोस्रो टी-२० मा भारतसँग न्युजिल्याण्ड ६५ रनले पराजित

MadhesKhabar

इंग्ल्यान्ड पहिलोपल्ट विश्वकप फुटबलको फाइनलमा

MadhesKhabar

सिमरामा हुने दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताकाे तयारी पुरा

MadhesKhabar

Leave a Comment