वीरगन्ज ,२६भदाैं: भारत, एसिया कप क्रिकेटकाे फाइनलमा प्रवेश गरेकाे छ ।
सुपर फाेरमा मंगलबार राति श्रीलंकामाथि राेमाञ्चक जित हात पार्दै भारतले फाइनलमा स्थान पक्का गरेकाे हाे ।
मंगलबार राति भएकाे खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेकाे हाे ।
भारतले दिएकाे २१४ रनकाे झिनाे लक्ष्य लिएर जवाफी व्याटिङ गरेकाे श्रीलंकाले ४१.३ ओभरमा अलआउट हुदैं १७८ रन मात्र बनाएपछि जित भारतकाे पाेल्टामा गएकाे हाे ।
बलिङ तर्फ भारतका कुलदीप यादवले ४ तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले २/२ तथा हार्दिक पाण्डया र महमद सिराजले १/१ विकेट लिएका हुन् ।
यसअघि टस जितेर पहिले व्याटीङ गरेकाे भारतले ४९.१ ओभरमा अलआउट हुदै २१३ रन मात्र बनाएकाे थियाे ।

