
काठमाडौं,२५पुष:बलात्कार मुद्दामा दाेषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर अदालतले लामिछानेलाई दोषी ठहर गरेकाे थियो।
उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि अदालतले गरेको छ।
जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बुधार इजलासमा बहस गरेका थिए ।

