Madhes Khabar
खेलकुद

बलात्कार मुद्दामा दाेषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद

फाइल तस्बिर।

काठमाडौं,२५पुष:बलात्कार मुद्दामा दाेषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर अदालतले लामिछानेलाई दोषी ठहर गरेकाे थियो।

उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि अदालतले गरेको छ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बुधार इजलासमा बहस गरेका थिए ।

Related posts

इमर्जिङ टिम्स एसिया कप : नेपाल पाकिस्तानसँग ९ रनले पराजित

MadhesKhabar

पपुवा न्यूगिनी विरुद्ध नेपालको सहज जित

MadhesKhabar

नेपालले मलेसियालाई ५ विकेटले हरायो

MadhesKhabar

Leave a Comment