Madhes Khabar
खेलकुद

इमर्जिङ टिम्स एसिया कप : नेपाल पाकिस्तानसँग ९ रनले पराजित

काठमाडौं ,३०जेष्ठ : महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ । मंगलबार हङकङको मिसन रोड ग्राउन्डमा भएकाे खेलमा ८८ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाएको हो ।

नेपालका लागि ओपनर ब्याटर कविता कुँवरले सर्वाधिक २० रन बनाइन् । त्यस्तै कविता जोशीले १५ रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका लागि तुबा हसन र साइदा अरूब शाहले २/२ र अनुशा नासिर र उम-ए-हानीले १/१ विकेट लिए ।

यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । पाकिस्तानका लागि शावाल जुल्फिकरले सर्वाधिक २८ रन बनाइन् । त्यस्तै फतिमा सानाले १६ रन बनाउँदा सदाफ शामास र गुल फेरोजाले क्रमश: १२ र ११ रन बनाए ।

नेपालका लागि इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् । ३ ओभर बलिङ गरेकी उनले ६ रन खर्चँदै ३ विकेट लिइन् । त्यस्तै कविता कुँवर, कविता जोशी र सीता राना मगरले २/२ विकेट लिए ।

थाइल्यान्डले आन्तरिक कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने निर्णय गरेपछि आयोजक एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपाललाई यस प्रतियोगितामा सहभागी गराएको हो ।

समूह ‘ए’ मा भारत र पाकिस्तान ‘ए’ टोलीसहित आयोजक हङकङ र नेपाल तथा समूह ‘बी’ मा बंगलादेश र श्रीलंका ‘ए’ टोलीसहित यूएई र मलेसिया रहेका छन् । नेपालले अब जुन १५ मा भारत तथा जुन १७ मा हङकङसँग समूह चरणका खेल खेल्नेछ । एसोसिएटको शीर्ष टोली थाइल्यान्डले नखेल्ने निर्णय गरेपछि नेपाललाई चिठ्ठा परेको हो ।साभार:इकान्तिपुर

Related posts

एनआई कप क्रिकेट : जदुबंशी बैठाको अलराउण्ड प्रदर्शनले बिपिसीको सानदार जित

MadhesKhabar

यू–१९ एसिया विश्वकप छनोट : नेपालको लगातार चौथो जित

MadhesKhabar

साफ यू-१६ फुटबल: भुटानमाथि नेपालकाे सहज जीत

MadhesKhabar

Leave a Comment