Madhes Khabar
खेलकुद

एनआई कप क्रिकेट : जदुबंशी बैठाको अलराउण्ड प्रदर्शनले बिपिसीको सानदार जित

वीरगन्ज,९माघःवीरगन्जमा जारी नेशनल इन्फोटेक (एनआई ) कप क्रिकेट अन्र्तगत बुधबार भएको दोस्रो खेलमा वीरगन्ज पब्लिक कलेज(बिपिसी) विजयी भएको छ ।

नारायणी क्रिकेट मैैदानमा भएको खेलमा बिपिसीले वीरगन्ज कलेजलाई ११३ रनको फराकिलो अअन्तरले हराएको हो ।बिपिसीले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको वीरगन्ज कलेजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रनमात्र बनाएपछि खेल बिपिसीले जितेको हो ।वीरगन्ज कलेजका लागि सन्देश बैठाले सर्वाधिक ४० र नितेश पटेलले १३ रनमात्र बनाए ।

त्यसअघि पहिले व्याटिङ गरेको बिपिसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१८ रन बनाएको थियो । उसका लागि आयुष प्रसादले ५४ र जदुबंशी बैठाले ३१ रन बनाएका थिए ।उक्त खेलको प्यलेयर अफ दी म्याच बिपिसीका लागि ३१ रन बनाउनुका साथै ४ विकेटसमेत लिन सफल जदुबंशी बैठा घोषित भए ।

नेशनल इन्फोटेक कलेजको आयोजनमा शनिबारदेखि सुरु भई माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा वीरगन्जका १० निजी कलेजका टिमले भाग लिएका छन् ।

 

Related posts

भारत र न्युजिल्यान्डबिचकाे पहिलाे सेमिफाइनल खेल भाेलि

MadhesKhabar

जीतपुर-सिमरा क्रिकेट कपलाई जनकपुर बोल्ट्सको साथ

MadhesKhabar

परवानीपुर गोल्डकप फुटबल फागुन २७ देखि

MadhesKhabar

Leave a Comment