Madhes Khabar
खेलकुद

भारत र न्युजिल्यान्डबिचकाे पहिलाे सेमिफाइनल खेल भाेलि

फाइल तस्बिर।

वीरगन्ज,२८कार्तिक:आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत र न्युजिल्यान्डबिचकाे पहिलाे सेमिफाइनल खेल भाेलि बुधबार हुदैंछ।

दोस्रो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच पर्सि बिहीबार कोलकोताको इडेन गार्डेनमा हुनेछ।

 

भारत र न्युजिल्यान्डबिचको पहिलाे सेमिफाइनल खेल नेपाली समय भोलि दिउँसो २. १५ बजेदेखि सुरु हुनेछ ।उक्त खेल मुम्बईको वानखडे क्रिकेट मैदानमा हुनेछ ।

भारतले जारी खेलमा शतप्रतिशत ९ वटै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको हो भने न्युजिल्यान्डले ९ खेलमा ५ जित र ४ हारका साथ १० अंक जोडेर चौथो हुँदै सेमिफाइनलमा पुगेको हो।

जारी विश्वकपकै लिग चरणमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराएको थियाे ।चार वर्ष अगाडिको विश्वकपमा भने भारतलाई न्युजिल्याण्डले १८ रनले हराउँदै सेमिफाइनलमै रोकिएको थियो।

भारत र न्युजिल्यान्डबिच विश्वकप क्रिकेटमा अहिलेसम्म ९ पटक खेल भएकोमा ५ पटक न्युजिल्यान्डले जित्दा भारतले ४ पटक जित हात पारेको छ।

भारतले दुई पटक विश्वकप जितेको छ भने न्युजिल्यान्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन।

Related posts

सरकारकाे उपेक्षामा नारायणी रंगशाला

MadhesKhabar

विन्दवासिनी गाउँपालिकाको गर्दौलमा कुश्ती खेलाडी र प्रशिक्षकहरुलाई सम्मान

MadhesKhabar

टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

MadhesKhabar

Leave a Comment