Madhes Khabar
खेलकुद

विन्दवासिनी गाउँपालिकाको गर्दौलमा कुश्ती खेलाडी र प्रशिक्षकहरुलाई सम्मान

मधेसखबर
वीरगन्ज,१४ असोज : पर्साको विन्दवासिनी गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुश्ती खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।

बिन्दवासिनी गाउँपालिका वडा नम्बर १ गर्दौलमा आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी र प्रशिक्षकहरुलाइ सम्मान गरिएको हो । वडा नम्बर १ को चालु आर्थिक वर्ष २०७९÷०८० को वडा स्तरीयोजना अन्तर्गत कुश्ती खेलाडी र प्रशिक्षकहरुलाई सम्मान स्वरुप ट्रेक सुट वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।

वडा अध्यक्ष अक्षयलाल महतोको अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजु साहका साथै स्थानीय अगुवाहरुको पनि उपस्थिती रहेको थियो ।

 

Related posts

खेलकुदले नेपाल-भारत दुवै देशको सम्बन्ध मजबुत बनाउँछ : मेयर सिंह

MadhesKhabar

महिला टी–२० क्रिकेटमा मधेसको पहिलो जीत

MadhesKhabar

“खेली मधेस, जिती मधेस” भन्ने नाराका साथ पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिक उत्सव

MadhesKhabar

Leave a Comment