Madhes Khabar
खेलकुद

प्लेअफमा पुगिसकेकाे राजस्थान पञ्जाबसंग पराजित

Photo by Saikat Das / Sportzpics for IPL

वीरगन्ज,३जेष्ठ:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा राजस्थान रोयल्स पञ्जाब किंग्ससंग पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेट्यायो । पञ्जाबका कप्तान श्याम करनले ४१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६३ रनको अविजित इनिङ खेले ।

यस्तै राईलि रुसो र जितेश शर्माले समान २२-२२ रन बनाए । आशुतोष शर्माले १७ रन जोडे ।

बलिङतर्फ राजस्थानका लागि आभेस खान र युजवेन्द्र चहलले समान २-२ विकेट र ट्रेन्ट बोल्टले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाएकाे थियाे ।उसका लागि रियान परागले ३४ बलमा बनाएको ४८ रन , रविचन्द्रन आश्विनले २८ रन र कप्तान सञ्जु स्यामसनले १८ रन बनाए ।

पञ्जाबका श्याम करन, हर्शल पटेल र राहुल चहरले २-२ विकेट लिए भने अर्शदिप सिंह र नेथन एलिसले १-१ विकेट लिए ।

पञ्जाब यसअघि नै प्लेअफ दौडबाट बाहिरिइसकेकाे छ।पञ्जाबको १३ खेलमा १० अंक पुगेको छ । प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंक छ ।

आईपिएलमा बिहीबारकाे खेलमा सनराईजर्स हैदराबाद र गुजरात टाईटन्स भिड्ने छन् ।

Related posts

पञ्जाबमाथि मुम्बईकाे राेमाञ्चक जित

MadhesKhabar

अमेरिकासंग नेपाल फेरि पराजित

MadhesKhabar

आईपीएलमा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदरावादका समर्थकको हत्या

MadhesKhabar

Leave a Comment