Madhes Khabar
खेलकुद

नारायणी रंगशालाको जग्गा मुआब्जा उपसमितिले राखेपलाइ प्रतिवेदन बुझायो

मधेसखबर
वीरगन्ज, १७ साउन : वीरगन्जमा रहेको नारायणी रंगशालाको जग्गा मुआब्जा एंव सट्टापट्टा छानविन उपसमितीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रतिवेदन बुझाएको छ ।

नारायणी रंगशालाको हकभोगमा रहेको कूल १८ बिघा जग्गा मध्ये १० जना व्याक्तिको १४ कठ्ठा निजी जग्गा रहेकोले उक्त समस्या समाधानका लागि राखेपको ९३ औँ बोर्ड बैठकले राखेपका सदस्य मानदेव हजाराको संयोजकत्वमा जग्गा मुआब्जा एंव सट्टापट्टा छानविन उपसमिती गठन गरेको थियो । उक्त समितिले नै राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई आफनो प्रतिवेदन बुझाएको हो ।

उपमितिले १० जना जग्गा धनीहरुसँग छलफल गरेर प्रतिवेदन तयारी पारी राखेपका सदस्य सचिव घिसिङलाइ बुझाएको उपसमितिका संयोजक हजाराले बताए ।

 

हजाराका अनुसार अब राखेपले उक्त प्रतिवेदन बोर्ड बैठकमा प्रस्तुत गरेपछि खेलकुद मन्त्रालय हुँदै अर्थ मन्त्रालयसमक्ष पुगेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल्यांकन समितिले मूल्यांकन गरेपछि मुआब्जा वितरणको काम अघि बढ्नेछ ।

Related posts

नेपालकाे सानदार बलिङ,नेदरल्यान्ड्स १३७ रनमै अल आउट

MadhesKhabar

नेपालले पहिलाे पटक जित्याे आइसीसीको उपाधि

MadhesKhabar

यूृ–१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् नेपालकी कप्तान पूजा महतो

MadhesKhabar

Leave a Comment