Madhes Khabar
खेलकुद

ठोरीको बाघमोर्चामा दशैंकप फुटबल हुने

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज,२८ भदाैं : पर्साकाे ठोरी गाँउपालिका वडा नंबर ५ बाघमोर्चामा विजया दशमीकाे उपलक्ष्यमा “ठूलो बाघमोर्चा तेस्रो गोल्डकप फुटबल प्रतियोगिता -२०७९” हुने भएको छ ।

ठाेरी युथ भिजन फाउन्डेसनले आगामी असाेज ५ गते देखि फुटबल प्रतियोगिता आयाेजना गर्न लागेकाे जानकारी गराएकाे हाे ।

ठोरी र जीराभवानी गाउँपालिकाको वडा स्तरीय टीमले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ ।

असोज ५ गते सुरु भइ असोज १८ गते ठूलो बाघमोर्चा खेल मैदानमा हुने प्रतियोगिताकाे उपाधी विजेता टीमले नगद ५५ हजार र उपविजेता टीमले नगद ३१ हजार रुपैया पुरस्का पाउनेछन् । त्यस्तै प्रतियाेगिताकाे उत्कृष्ट खेलाडीले नगद ५ हजार , सर्वाधिक गाेलकर्ताले नगद ५ हजार र उत्कृष्ट गोलरक्षकले नगद ३ हजार ५ सय रुपैया पाउने आयोजकले जनाएको छ ।

Related posts

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशको विजयी सुरुवात

MadhesKhabar

ठाेरीमा आयाेजित तीज कप फुटबलकाे उपाधि आयोजक जनचेतना युवा क्लबलाई

MadhesKhabar

एसिया कप खेलेर फर्केको नेपाली क्रिकेट टिमको विमानस्थलमा भव्य स्वागत

MadhesKhabar

Leave a Comment