Madhes Khabar
खेलकुद

सन्दिपले विश्व कीर्तिमान बनाएको खेलमा ओमानमाथि नेपालको सानदार जित

काठमाडौं,८बैशाख : नेपालले ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा जारी एसीसी मेन्स प्रिमियर कप अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले लगातार दोश्रो जित हात पारेको हो । ्
लगातार दोस्रो जितसँगै नेपाल एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३१० रनको योगफल खडा गरेको थियो । कुशल मल्लको सानदार शतक र सोमपाल कामीको अर्धशतकको मदतले नेपालले ओमानलाई ३११ रनको चुनौती पेस गरेको थियो । जवाफमा ३११ रनको लक्ष्य लिएर व्याटिंग गरेको ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर २६६ रन मात्र बनाएपछि खेल नेपालले जितेको हो ।

ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिएका थिए ।

३११ रनको विशाल लक्ष्य पछ्याएको ओमानलाई सस्तैमा आउट गर्ने क्रममा नेपालका लेगस्पिनर सन्दीप लामिछानेले दुर्लभ कीर्तिमान बनाएका छन् । १३औं ओभरको तेस्रो बलमा ओमानका आदिल शफिकलाई एलबीडब्लू धरापमा पार्दै उनले ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।

यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा १०० विकेटको रेकर्ड बनाएका थिए । सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६÷११ हो । सन्दीपले ओमान विरुद्ध ३ विकेट लिए ।

ओमानका लागि भेट्रान मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाए । उनले ८४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । ९९ रनमा ५ विकेट गुमाएको ओमानका लागि नदिमले सन्दिप गूडसँग ९६ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ९ ओभरमा १ मेडन राख्दै २२ रन मात्र खर्चेर १ विकेट लिए ।

 

 

Related posts

नेपालद्वारा टी–२० सिरिज ‘क्लीन स्वीप’, अमेरिका ८ विकेटले पराजित

MadhesKhabar

राजस्थान रोयल्स आइपिएलको फाइनलमा

MadhesKhabar

आइपिएलमा गुजरातकाे सानदार विजयी सुरुवात

MadhesKhabar

Leave a Comment