Madhes Khabar
खेलकुद हेडलाइन

कबड्डी संघ पर्साको अध्यक्षमा अमित अग्रवाल

वीरगन्ज,३० भदौं : कबड्डी संघ पर्साको अध्यक्षमा अमित अग्रवाल चयन भएका छन् । शनिबार वीरगन्जमा आयोजित साधरणसभाले अग्रवालको अध्यक्षतामा संघको १३ सदस्यिय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा सुधिर गुप्ता र महिला उपाध्यक्षमा रमितामाया गुप्ता, सचिवमा उपेन्द्र पटेल, सहसचिवमा श्याम कुमार सरार्फ, कोषाध्यक्षमा रानु दास चयन भएका छन् । यस्तै सदस्यमा सागिर अली, विक्कीराज पटेल, अंकित मिश्रा ,अंगद यादव, बजरंगी पटेल, दिपक साह तथा महिला सदस्यमा प्रेरणा श्रेष्ठ चयन भएका छछन् ।

संघका निवर्तमान अध्यक्ष आकाश पटेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साकम अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, खो खो संघका पर्सा जिल्ला उपाध्यक्ष दिपक साह , फुटबल रेफ्रि संघ पर्साका अध्यक्ष अर्जुन गुप्ता लगायतकोपनि उपस्थिती थियो ।

Related posts

वीरगन्ज महानगरले ल्यायो सवा ३ अर्बको बजेट

MadhesKhabar

नेपालले जित्याे इस्ट जोन कप क्रिकेटको उपाधि

MadhesKhabar

जीतपुर सिमरा उपमहानगरमा पहिलोपटक विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सुरु

MadhesKhabar

Leave a Comment