Madhes Khabar
खेलकुद

थ्री नेसन्स कप : नेपालकाे सान्दार विजयी सुरुवात

काठमाडौं,८चैत : प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपाल विजयी भएकाे छ । बुधबार भएकाे खेलमा नेपालले लाओसलाई २-० गोलले पराजित गरेको हाे ।

काठमाडौंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३०औं मिनेटमा अनन्त तामाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। ५६औं मिनेटमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए।

नेपाल फिफा वरीयताको एक सय ७५औं स्थानमा छ। लाओस नेपालभन्दा १२ स्थान तल एक सय ८७औं स्थानमा छ। नेपालले प्रतियोगिताको अर्को खेलमा शनिबार भुटानविरुद्ध खेल्ने छ।

आयोजक नेपालसँगै भुटान र लाओस गरी तीन टिम सहभागी प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ। त्यस्तै उपविजेताले तीन हजार र सर्वोत्कृष्ट खेलाडीले पाँच डलर प्राप्त गर्नेछन्। प्लेयर अफ दी म्याचलाई दुई सय ५० डलर प्रदान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ।

Related posts

मंसिरमा नियुक्त बोर्ड सदस्यको राखेपमा औपचारिक पदबहाली

MadhesKhabar

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि अफगानिस्तानकाे सानदार जीत

MadhesKhabar

क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

MadhesKhabar

Leave a Comment