Madhes Khabar
खेलकुद

क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं,२१कार्तिकः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन्।

टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भएपनि रंगशाला बनाउने बताए।

’सबैभन्दा पहिला तपाईँहरूलाई बधाइ छ। तपाईँहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ। १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ। विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला। कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ। विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले आफूले क्रिकेट हेर्दै आएको र नेपाली टीम ’बेस्ट’ भएको बताए। ’क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ। यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ। खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ। खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो,’ उनले भने।

उनले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने बताए। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाएर आम नेपालीको भावनाको सम्बोधन गर्ने उनलेब ताए। ’क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्छौं,’ उनले भने।

प्रचण्डले सरकारले घोषणा गरेको पुरस्कार वितरणमा अलि ढिलाई भएको भन्दै आफूलाई नमीठो लागेको बताए। ’हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरू छन्। त्यसले पनि ढिलो हुन गयो। आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ। टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ,’ उनले भेन। साभारः अन्नपूर्णपोष्ट

Related posts

विश्वकप फुटबल :अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

MadhesKhabar

टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टाेलीकाे घाेषणा: वीरगन्जका शेख दाजुभाइ पनि परे टिममा

MadhesKhabar

भारत र पाकिस्तानको बाँकी खेल भोलि

MadhesKhabar

Leave a Comment