Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि अफगानिस्तानकाे सानदार जीत

वीरगन्ज,६कार्तिक:भारतमा जारी आइसिसि विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ ।

भारतको चेन्नईमा साेमबार बेलुकी भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटबाट हराएको हो।

यो जित पछि अफगानिस्तानले ५ खेलबाट ४ अंक पाएको छ। पाकिस्तानको पनि ५ खेलबाट ४ अंक नै रहेको छ । अफगानिस्तान अंक तालिकामा छैठौ स्थानमा छ भने पाकिस्तान पाँचौ स्थानमा रहेको छ।

जारी विशणवकपमा यस अघि अफगानिस्तानले साविक बिजेता इग्ल्याण्डलाई हराएको थियो।

साेमबार भएकाे खृलमा टस जितर पाकिस्तानले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियोे।

जवाफमा अफगानिस्तानले ४९ ओभरमा २ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।

अफगानिस्तानको जितको लागि इब्राहिम ज़दरानको ८७ रन र रहमानउल्लाह गुरबाज़को ६५ रन महत्वपूर्ण रह्यो । त्यसैगरी कप्तान हशमतउल्लाह शहीदी ४८ तथा रहमत शाहले ७७ रन बनाए ।

पाकिस्तान लागि शाहीन शाह अफ़रीदी र हसन अलीले एक एक विकेट लिए ।

पाकिस्तानको पालीमा कप्तान बाबर आज़मले सबै भन्दा वढि ९२ वलमा ४चौका र १ छक्कासंगै ७४ रन बनाए ।त्यसैगरी अब्दुल्लाह शफ़ीक़ले ७५ बलमा ५ चौका र २ छक्कासंगै ५८ रन बनाए । त्यसैगरी सऊद शकीलले २५ रन , शादाब ख़ानले १८ रन तथा इमाम उल हक़ले १७ रन बनाए। इफ़्तिख़ार अहमद ४० रन बनाएर आउट भए।शादाब ख़ान ४० रन बनाएर नट आउट रहे।

अफगानिस्तानका लागि नूर अहमदले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । नवीन उल हक़ले २ विकेट लिए।

त्यसैगरी अज़मतउल्लाह ओमरज़ाई र मोहम्मद नबीले एक एक विकेट लिए।

Related posts

यू–१९ महिला टी–२० विश्वकप : नेपालले अष्ट्रेलियालाई १३९ रनमै रोक्यो

MadhesKhabar

क्यानडा विरुद्ध नेपालकाे लगातार दाेस्राे जीत

MadhesKhabar

पञ्जाबमाथि मुम्बईकाे राेमाञ्चक जित

MadhesKhabar

Leave a Comment