काठमाडौं,२७माघ: क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएकाे खेलमा नेपालले क्यानडालाई ४ विकेटले हराएको हाे।जीतसंगै क्यानडाविरुद्धकाे ३ खेलकाे सिरिज नेपालले १ खेल अगावै २-० ले जितेकाे छ।
क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९/९ रन जोडे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियाे ।
नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २-२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १-१ विकेट रह्यो ।
सिरिजकाे अन्तिम खेल सोमबार हुनेछ ।

