
वीरगन्ज,७बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ।पञ्जाबको घरेलु मैदान मुल्लापुरमा भएको खेलमा मुम्बई ९ रनले विजयी भएकाे हाे ।
मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा अलआउट हुदै १ सय ८३ रन मात्र बनाउन सक्यो ।
पञ्जाबका लागि आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले । शंशाक सिंहले २५ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।हरप्रित ब्रारले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए ।
मुम्बईका लागि जसप्रित बुमराह र जेरार्ड कोट्जेले समान तीन तीन तथा आकाश मधवाल, हार्दिक पान्ड्या र श्रेयस गोपालले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।
मुम्बईका लागि सुर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ७८ रनको अर्धशतकीय ईनिङ खेले । रोहित शर्माले २५ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए ।तिलक बर्माले १८ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३४ रन बनाए ।
पञ्जाबका लागि हर्षल पटेलले तीन तथा कप्तान साम करन दुई विकेट लिए । कागिसो रबाडाले एक विकेट लिए ।
सात खेलमा तेस्रो जित हात पारेकाे साथ मुम्बई अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । सात खेलमा पाँचौ हारका साथ पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ ।

