Madhes Khabar
खेलकुद

इन्डोनेसियामाथि किर्तिमानी जित हासिल गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं,१५असारः  इस्ट जोन कप यु–१६ क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा नेपालले इन्डोनेसियामाथि किर्तिमानी जित हासिल गरेको छ । इन्डोनेसियालाई ३७० रनको फराकिलो जित हात पारेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेशपनि गरेको छ।

कोलालाम्पुरपस्थित सेलांगोर ट्रफ क्लबमा भएको खेलमा नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमात्रै बनाउँदै अलआउट भयो । उसका लागि काभिन निरज चड्डाले सर्वाधिक १५ रन बनाए। दिभित नन्दाले १४ रन बनाउँदा अनय कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका कप्तान विपिन प्रसाद शर्माले सर्वाधिक ६ विकेट लिए। उनले ७.३ ओभरमा २ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिएका हुन्। सुगम बुढाथोकी र शुभम खनालले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको थियो। नेपालका लागि प्रसिद्ध जैशीले सर्वाधिक १३२ रनको शतकीय पारी खेले। उनले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गरे। परिमार्जन यादवले ७१ रन, रौनक श्रीवास्तवले ८८ र जोए थाथाले ५७ रन बनाए ।

बलिङतर्फ इन्डोनेसियाका लागि केतुत डर्मा पुत्राले सर्वाधिक २ विकेट लिए। काभिन निरज चड्डा, महेन्द्र युद्ध प्रतामा र रयान रिजाले १–१ विकेट लिए।

समूह ’ए’मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानसंग खेल्नेछ।

Related posts

दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित

MadhesKhabar

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेसको पहिलो हार

MadhesKhabar

मधेस प्रदेश क्रिकेट लिगमा पर्सा र बाराकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment