Madhes Khabar
खेलकुद

पहिलो टी–ट्वान्टीमा भारतले वेष्ट इन्डिजलाइ ६८ रनले हरायो

मधेसखबर
वीरगन्ज, १४ साउन : भारतले पहिलो टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । शुक्रबार राति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाएपछि खेल भारतले जितेको हो ।

बलिङ तफए भारतका रविचन्द्र आश्विन, रवि बिश्नोई र अर्शदिप सिंहले २÷२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेलेका थिए ।

जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । भारतले यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खलामा ’क्लिन स्वीप’ गरेको थियो।

Related posts

जनकपुर बाेल्ट्सले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा भोलि सार्वजनिक बिदा

MadhesKhabar

वीरगन्जमा जारी `नेशनल इन्फोटेक कप´ : बिपिसी कलेजकाे विजयी सुरुवात

MadhesKhabar

नेइमार सहित ब्राजिलका ३ खेलाडीले क्यामरुनसँगको खेल गुमाउने

MadhesKhabar

Leave a Comment