वीरगन्ज,६ वैशाख :वीरगन्ज महानगरपालिकाले वडा नम्बर १२ मुर्ली चोकदेखि उत्तर तिर नेपाल आयल निगमको क्षेत्रीय कार्यालयसम्म जाने सडक विस्तारको अुधरो काम पुरा गर्ने भएको छ ।
आइतबार एक सूचना जारी गर्दै महानगरपालिकाले मुर्ली चोकदेखि आयल निगमको कार्यालयसम्म जाने सडक १० मिटर चौंडा गर्नुपर्ने भएकाले सडकको मध्यभागबाट दाँयाँ र बाँया ५/५ मिटर क्षेत्रमा पर्ने सबै संरचना २४ घण्टाभित्र हटाउन सम्बन्धित घरधनीहरुलाई अल्टिमेटम दिएको छ । लागि
मुर्ली चोकदेखि आयल निगमसम्म सडक बिस्तार गर्ने सम्बन्धमा सडकको मध्य भागदेखि दायाँ बायाँ ५/५ मिटर गरि जम्मा १० मिटर सडक चौडा (विस्तार) गर्ने क्रममा आयल निगमको कार्यालयदेखि सबाह अन्सारीको घरसम्म पुरा भइसकेको छ । अब बाँकी रहेको सडक पनि विस्तार गर्नका लागि २०८१ माघ १३ गते नै सार्वजनिक सूचना जारी भएकोमा विविध कारणले अवरुद्ध हुँदै आएकोले अब बाँकी रहेको सबाह अन्सारीको घरदेखि मुर्ली चोकसम्मको सडकको केन्द्रबाट ५÷५ मिटर दायाँ बायाँ गरी जम्मा १० मिटर सडक क्षेत्रभित्र निर्माण भएका भवनहरु (संरचनाहरु) २४ घण्टाभित्र अर्थात सोमबार दिउँसो ३ बजेसम्म खाली गर्न महानगरपालिकाले सूचना मार्फत अनुरोध गरेको हो ।

