Madhes Khabar
खेलकुद हेडलाइन

यू–१९ एसिया कपका लागि घोषित नेपाली टिममा वीरगन्जका क्रिकेटर रन्जित कुमार चयन

वीरगन्ज,९मंसिरःआगामी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको नेपाली राष्ट्रिय टिममा वीरगन्जका क्रिकेटर रन्जित कुमारपनि पर्न सफल भएका छन् ।

युएईमा यहि मंसिर १४ गतेदेखि सुरु हुन गइरहेको यू–१९ एसिया कप क्रिकेटका लागि क्यानले आइतबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यिय राष्ट्रिय टिम घोषणा गरेको हो । जसमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ निवासी रन्जित कुमारपनि पर्न सफल भएका हुन् ।

वीरगन्ज नेशनल इन्फोटेक(एनआई) कलेजमा अध्ययनरत बाँया हाते बलर रन्जित कुमार नेपालको ए टिमबाट अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाइसकेका छन् ।

सामान्य परिवारका रन्जित कुमारलाई एनआई कलेजले पूर्ण छात्रवृतिमा अध्ययन गराइरहेको छ ।पर्सा क्रिकेट संघका प्रशिक्षक प्रकाश शर्माबाट प्रशिक्षित रन्जित कुमार वीरगन्जको प्रतिनिधित्व गर्दै मधेस प्रदेशको टिमबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

मंसिर १४ गतेदेखि युएईमा आयोजना हुन गइरहेको यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । उक्त समुहमा श्रीलंका, बंगलादेश र अफगानीस्तानपनि छन् । नेपालले आफनो पहिलो खेल मंसिर १४ मा श्रीलंकासंग खेल्नेछ ।

Related posts

कांग्रेस महामन्त्री गगन थापाले गरे सभापतिमा लड्ने घोषणा

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा स्वास्थ्य कार्यालय पर्साले सहयोगमा दियो ४१ प्रकारका औषधि

MadhesKhabar

हावाहुरीले घर भत्किएर घाइते बालकको उपचारका लागि आर्थिक सहयोग गरिदिन बुबाको अपिल

MadhesKhabar

Leave a Comment