Madhes Khabar
राजनीति हेडलाइन

कांग्रेस महामन्त्री गगन थापाले गरे सभापतिमा लड्ने घोषणा

काठमाडौ,१७मंसिरःनेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५ औं महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने घोषणा गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वगर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भनेका छन् ।
उनले महाधिवेशनको मिति घोषणा भइसकेकोले सभापतिमा आफ्नो उम्मेदवार रहने कुरा स्वाभाविक भएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६–२९ गते काठमाडौंमा हुँदैछ ।

Related posts

गोल्डेनको हत्यामा संलग्न ‘खुनी दरिन्दे समुह’का ४ जना कारागार चलान

MadhesKhabar

सर्वोच्च अदालतको आदेशविरुद्ध बोल्ने ५ सांसदलाई मुद्दा

MadhesKhabar

वीरगन्जमा लाग्याे अनिश्चितकालीन कर्फ्यु

MadhesKhabar

Leave a Comment