वीरगन्ज,२८पुष:वीरगन्जमा जारी `नेशनल इन्फोटेक कप´ क्रिकेटमा शनिबार भएकाे पहिलाे खेलमा वीरगन्ज पब्लिक कलेज (बिपिसि)७ विकेटले बिजयी भएको छ ।नारायणी रंगशालाकाे क्रिकेट मैदानमा भएको पहिलो खेलमा बिपिसीले वीरगन्ज कलेजलाई ७ विकेटले पराजित गरेको हो ।
वीरगन्ज कलेजले दिएकाे ८८ रनकाे लक्ष्य बिपिसीले १०.४ ओभरमा ३ विकेट मात्र गुमाएर पूरा ग-यो ।उसका लागि बाल्मिकी राउत कुर्मीले १ छक्का र ५ चौका प्रहार गर्दै १७ बलमै ३४ रन बनाए भने सक्षम खड्काले २ चौकाको मद्धतमा ११ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ् वीरगनणज कलेजले १८ ओभर १ बल मा अलआउट हुदै ८७ रनमात्र बनाएकाे थियाे ।उसका लागि आकाश कुमार साहले ४४ बलमा २ चौकाको मद्धतमा २५ रन जोडे । त्यस्तै आदित्य पासवानले ११ र खगेन्द्र दासले ९ रन बनाए ।
बलिङतर्फ बिपिसीका आशिष सिंहले ३ विकेट लिए भने अफ्सर हुसैन र साहिल आलमले २/२ विकेट लिए ।
उक्त खेलकाे प्लेयर अफ दी म्याच बिपिसीका बाल्मिकी राउथ घोषित भएको आयाेजक नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।

