Madhes Khabar
खेलकुद

ब्राजिल विश्वकपबाट बाहिरियो

काठमाडौं, १७ साउन : उपाधि दाबेदारका रुपमा हेरिएको ब्राजिल , फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।नकआउट चरण पार गर्न जित निकाल्नुपर्ने समूह चरणको अन्तिम खेलमा बुधबार जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो ।

ब्राजिललाई बराबरीमा रोकेको जमैका भने समूहमा दोस्रो हुँदै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।अष्ट्रेलियाको मेलवर्नस्थित मेलवर्न रेकटेङ्गुलर स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलले ७३ प्रतिशत बल पोसेसन राख्दै लगातार दवाव सिर्जन गरेपनि जमैकाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिदै समूह चरणबाटै बाहिरिन पुगेको हो ।

अग्रपंक्तिमा विरलै मौका बनाएको जमैकाले डिफेन्स र गोलकिपिङमा भने अब्बल प्रदर्शन गर्दै ब्राजिललाई रोक्दै समूह चरण पार गर्न सफल भएको हो । जमैका पहिलो पटक विश्वकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको हो ।

यस बराबरीसँगै अपराजित रहेको जमैका ३ खेलबाट ५ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा रह्यो । ब्राजिल समान एक जित, बराबरी र हारबाट ४ अंक जोडेर तेस्रो भयो । यो समूहमा फ्रान्सले तीन खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहँदा पानामा अंकविहीन हुँदै बाहिरिएको छ ।साभार : हाम्रो खेलकुद डटकम

Related posts

एसिया कप : भारतद्वारा पाकिस्तान ५ विकेटले पराजि

MadhesKhabar

टी–२० विश्वकपमा आज अमेरिकासंग भिड्दै पाकिस्तान

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment