Madhes Khabar
खेलकुद

पाकिस्तानमाथि भारतकाे फराकिलाे जित

वीरगन्ज ,२६भदाैं: एसिया कप अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो अन्तरको जित हात पारेको छ।

सोमबार श्रीलंकाकाे कोलम्बोमा  भएकाे खेलमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सकेपछि खेल भारतले जितेकाे हाे।

पाकिस्तानका लागि सबैभन्दा बढी  फखर जमानले २७ रन जोडे। अघा सलमान र इफ्तिखर अहमदले २३-२३ रन बनाए। अरु ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा भारतका कुलदिप यादव एक्लैले ५ विकेट लिए। उनले ८ ओभरमा २५ रन खर्चिएर ५ विकेट लिएका हुन्।

त्यसअघि आइतबार वर्षाले प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोड्यो।

भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे। कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे।कोहलीको यो ४७औं एकदिवसीय शतक हो।

कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो।

त्यसअघि श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो।

आइतबार ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएका थिए। उनीहरुबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो।

सोमबार भारतका लागि कोहली र राहुले २४.१ ओभरदेखि पूरै ब्याटिङ गर्दा पाकिस्तानले विकेट लिन सकेन।

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी र शादब खानले एक एक विकेट लिए।

Related posts

ब्राजिल विश्वकपबाट बाहिरियो

MadhesKhabar

सुपर ओभरमा गण्डकीसंग हार्‍यो मधेस

MadhesKhabar

कुस्ती खेलाडीहरूलाई प्रोत्साहित गर्नु पर्छ : पूर्वमन्त्री यादव

MadhesKhabar

Leave a Comment