Madhes Khabar
खेलकुद

आईपीएलमा आज मुम्बई र हैदराबाद भिड्दै

वीरगन्ज,२४बैशाखःभारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज(सोमबार) मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिचको खेल हुदैंछ । मुम्बईको वानखडे स्टेडियममा यी दुईबिचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलमा १० खेल खेलेको हैदरबाद १२ अंकसहित चौथो स्थानमा छ । ११ खेल खेलेको मुम्बई ६ अंकसहित अंकतालिकाको पुछारमा छ ।

यसअघि आइतबार भएको खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो । त्यस्तै पञ्जाब चेन्नईसँग २८ रनले पराजित भएको थियो ।कोलकाता १६ अंकसहित शीर्ष स्थानमा छ ।

Related posts

भुटानमाथि नेपालको रवाफिलो जित

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

भारतलाई पछाडि पार्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा

MadhesKhabar

Leave a Comment