
मधेसखबर
वीरगन्ज , २४ बैशाख :दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले जिम्बावेलाइ पराजित गरेको छ ।
नेपाल भ्रमणमा रहेको पाहुना टोली जिम्बावे ए विरुद्ध नेपालले सानदार जित हासील गरेको हो । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बावे ए लाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो ।
जिम्बावेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११ ओभर २ बल खेल्दै केवल १ विकेटको क्षतिमा पूरा गरेको हो ।नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रन ,आसिफ शेखले अविजित ३४ रन र विनोद भण्डारीले अविजित ४ रन बनाएका हुन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाएको थियो ।
बलिङ तर्फ नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट , सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिएका थिए ।
शनिबारको जितसंगै नेपालले तीन खेलको श्रृंखलामा १–१ को बराबरी समेत गरेको छ । पहिलो खेलमा ३ विकेटले पराजित नेपालले दोस्रो खेलमा जित हासिल गरेर बराबरी गरेको हो ।अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ।

