Madhes Khabar
खेलकुद हेडलाइन

ऐतिहासिक जितसहित नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट

काठमाडौं,१७कार्तिक : नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए ।

काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ ।साभार ः अनलाइनखबर

Related posts

वीरगन्जमा आजदेखि दिनभर निषेधाज्ञा, रातभर कर्फ्यू

MadhesKhabar

वीरगन्जको सुगौलीविर्तामा गाईको बाच्छा काटेर खानेलाई कारबाही गर्न स्थानीयले प्रहरीमा दिए उजुरी

MadhesKhabar

वीरगन्जमा भारतीयलाई हतियार देखाएर अपहरण गरि लुटपाट गर्ने गिरोह पक्राउ

MadhesKhabar

Leave a Comment