Madhes Khabar
स्वास्थ्य हेडलाइन

डाक्टर र राजनीतिक चलखेलले कलैया प्रादेशीक अस्पताल अस्तव्यस्त

बारा,२८पुसःचिकित्सक (डाक्टर)हरुको अटेरी र व्यवस्थापन पक्षको लापरवाहीका कारण बाराको सदरमुकाम कलैयास्थित प्रादेशीक अस्पताल अस्तव्यस्त बनेको छ । अस्पतालमा कार्यरत चिकित्सकहरु तलबभत्ताका लागिमात्र अस्पतालमा हाजिर हुने र अस्पतालको ड्यटी समयमै आफ्ना नीजि क्लीनिक र अस्पतालमा व्यस्त रहने गरेका छन् ।

यस्तै अस्पतालका अत्यावश्यक उपकरण र मेसिनहरु बिग्रिएर थन्किदाँपनि अस्पताल व्यवस्थापन पक्षले त्यसलाई समयमै मर्मत नगरिने प्रवृति देखिएको छ । यी दुवैका कारण अस्पतालमा उपचारका लागि आउने बिरामीहरु एपचार सेवाका लागि अन्यत्र जान बाध्य भइरहेका छन् ।

प्रादेशिक अस्पताल कलैयामा ७ वर्ष पहिले जडान भएको एक्सरे मेसिनको प्रिन्टर एक सातादेखि बिग्रिएर थन्किएको छ । त्यसलाई मर्मत सम्भार गरेर सञ्चालनमा नल्याउँदा एक्सरे गराउनुपर्ने बिरामीहरू बाहिरका निजी अस्पतालमा पुगेर एक्सरेको महँगो शुल्क तिर्न बाध्य छन् ।

हिँड्न सक्ने बिरामी हिँडेरै अस्पताल बाहिर गएर एक्सरे गराइरहेका छन् । जो सिकिस्त वा अशक्त बिरामी छन्, उनका कुरुवाले अस्पतालकै स्ट्रेचर लिएर बाहिरबाट एक्सरे गराएर ल्याउनु परिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ्याप्पछ्याप्ती देखिएको छ । तर त्यसको विकल्प खोजिएको छैन, जसले गर्दा बिरामीलाई सास्ती भइरहेको छ ।

सीआर एक्सरे मेसिनको प्रिन्टर बिग्रेपछि एक्सरे पश्चात कम्प्यूटरको स्क्रीनमा देखिने तस्बिरलाई मोबाइल सेटले तस्बिर खिचेर चिकित्सकले उपचार गरिरहेका छन् । एक्सरेका लागि स्ट्रेचरमा बाहिर लगिदैँ गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कम्प्यूटरको स्क्रीनबाट मोबाइल सेटले तस्बिर खिचेर गत चार दिनदेखि उपचार गर्न थालिएको हो ।

यही बीचमा राजनीतिक चलखेलले केही महिनाअघि आएका मेडिकल सुपरिटेन्डेड डा.सुनिल कुशवाहाको मधेस प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले गत पुस ७ गते सरुवा गरेपछि उनी बल्ल शुक्रबार विदावारी भई रवाना लिएर गएका छन् । अर्को मेडिकल सुपरिटेन्डेडको टुंगो नलाग्दै डा. कुसवाहा हिँडेका हुन् ।

डा.कुशवाहाको सरुवा र अस्पतालको एक्सरे बिग्रेकै अवधिमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी अस्पतालमा अनुगमन गर्न जाने क्रममा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीसँगै कर्मचारी अनुपस्थित भएको र बिरामीको चापले उपचार सेवा भद्रगोल देख्दा प्रजिअ अधिकाारीले कडा रुपमा प्रस्तुत हुँदा अभद्र व्यवहार भएको भन्दै अस्पताल सञ्चालन व्यवस्थापन समिति र चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले सेवानै बन्द गरे । पछि स्थिति समान्य त बन्यो । तर अस्पतालको सेवा भने अझै अस्तव्यस्त छ । व्यवस्थापकीय कमीले अस्तव्यस्तको अवस्था पछिल्लो चार महिनायता बढेको हो ।

मेडिकल सुपरिटेन्डेड न हुँदा झन् समस्या बढेको हो । ‘सीआर एक्सरे मेसिनको अर्को प्रिन्टरसँगै प्रिन्टर नै प्रयोग नहुने खालको डीआर एक्सरे मेसिनको व्यवस्थामा अस्पताल जुटिसकेको छ । तबसम्म प्रिन्टरको अभावमा एक्सरे रिपोर्ट देखिने कम्प्यूटरको स्क्रीनबाट मोबाइल सेटले रिपोर्टको तस्बिर खिचेर उपचार गरिदैँ छ,’ एक्सरे फाँटका इन्चार्ज राजेशकमार सिंहले भने, ‘एक्सरेका लागि बिरामी स्ट्रेचरमा बाहिर गएको तस्बिर भाइरल भएपछि मोबाइलबाट काम सुरु गरिएको छ । बाहिर जान दिइएको छैन् ।’

उनका अनुसार अस्पतालमा एक्सरे गर्ने खालका दैनिक बढीमा सयदेखि डेढ सय जना बिरामी आउने गरेका छुन् । सीआर एक्सरे मेसिन झन्झटिलो र धेरै पुरानो पनि भएको छ, त्यसैले चाँडै विकल्प खोजिनेमा अस्पताल व्यवस्थापन र प्रशासन जुटेको उनले बताए । प्रादेशिक अस्पताल क्षेत्र आसपासमा केही बर्षयता धमाधम निजी अस्पताल खुल्न थालेपछि कलैया अस्पतालमा ‘रेफर’ गर्ने र चिकित्सक अनुपस्थित रहने प्रवृत्तिपनि बढेको छ ।

तिनै निजी अस्पतालमा कलैया अस्पतालका चिकित्सकले समय दिन थालेपछि अस्पतालको सेवा अस्तव्यस्त बनेको अस्पतालका कर्मचारीहरू नै बताउँछन् । तिनै विषयमा कडाइ गर्न प्रजिअको अनुगमन हुँदा बिवाद बढेको थियो । प्रादेशिक अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईंले अस्पतालको सेवा अस्तव्यस्त भएको स्वीकारे ।

‘एक्सरे मेसिन र सुपरिटेन्डेडको लागि मन्त्रालयमा भन्छौ, वास्ता गर्दैन्,’ उनले भने, ‘मन्त्रालय गम्भीर नै छैन् ।’ यो बिचमा प्रमुख जिल्ला अधिकारीको अनुगमन हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले पोशाक नलगाउने, कर्मचारीसहित चिकित्सक र अन्य स्वास्थ्यकर्मी अनुपस्थित रहने पाइएपछि अस्पतालमा यो विषयमा समान्य विवाद भएपनि सामसुम भइसकेको उनले बताए । ‘प्रजिअ ज्यू विदामा जानु भा छ, उहाँले गर्नुभएको अनुगमनले औंल्याइएको समस्या सही छ,’ उनले भने ।

समान्य अवस्थाका बिरामीलाई पनि ‘रेफर’ गर्नेदेखि मुर्दा घरमा मुसा पसेर शव खान सक्ने अवस्था र चिकित्सक चिन्नै नसकिने दृश्य, विरामी अन्यौलमा रहने अवस्था देखेर मन्त्रालयमा सुधारका लागि भने पनि कुनै सुनुवाई नभएपछि आफैं सुधारका लागि अस्पताल पुगेको प्रजिअ अधिकारीले बताए ।साभारःकान्तिपुर

 

Related posts

प्रभु हस्पिटलको सहयोगमा भिस्वामा आयोजित निःशुल्क शिविरबाट ५०० जना लाभान्वित

MadhesKhabar

वीरगन्ज रक्तसञ्चार केन्द्रलाई राउन्ड टेबल नेपालद्वारा फ्रिज सहयाेग

MadhesKhabar

विरासत जोगाउने मात्र होइन नयाँ इतिहास रच्दै प्रदीप यादव

MadhesKhabar

Leave a Comment