Madhes Khabar
समाज स्वास्थ्य

नारायणी अस्पतालकाे वार्षिक उत्सव : ९१ जनाले गरे रगतदान

वीरगन्ज,१०असाेज: वीरगन्जस्थित नारायणी अस्पतालमा बुधबार आयाेजित रक्तदान कार्यक्रममा ९१ जनाले रगतदान गरेका छन् ।

अस्पतालकाे १ सय ३१ ओैं वार्षिक उत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार आयाेजित रक्तदान कार्यक्रममा ३३ जना महिलासहित ९१ जनाले रगतदान गरेका हुन् ।

अस्पाल परिसरमै कार्यक्रम संयोजक डा. रोशन अलीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रगतदान गर्नेहरुमा डा. मुकेश अग्रवाल, साहेब अन्सारी, आदेश चौरसिया, ममता चौधरी, किरण कुमारी, आरती चौरसिया, प्रिती साह, शर्मीला महर्जन, सञ्जिव गुप्ता, विशाल राम लगायतका रहेकाे रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए।


रक्तदान कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. चितरञ्जन साह, अस्पाल कर्मचारी युनियनका पूर्व अध्यक्ष रामेश्वर प्रसाद, डा. प्रभाकर पाण्डे, हरि गुप्ता लगायतकोपनि उपस्थिती रहेको थियो ।

 

अस्पतालकाे वार्षिकोत्सबमा असाेज १३ गते अस्पताल प्राङ्गणमै विशेष समाराेह आयाेजना गरिदैछ । उक्त समाराेहकाे प्रमुख अतिथि संघीय सरकारका स्वास्थ्य मन्त्री माेहन बस्नेत रहने अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले  जानकारी दिए।

Related posts

वीरगन्जका निजी अस्पतालहरुमा मुख्यमन्त्रीको छड्के अनुगमन, नेपाल इण्डो हस्पिटल बन्द गर्न निर्देशन

MadhesKhabar

पर्सामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक मुल्यांकन गर्दा ठाेरी प्रथम,जगरनाथपुर दाेस्राे र वीरगन्ज तेस्रो 

MadhesKhabar

बहुदरमाइको छपकैयामा ५३ जनाद्धारा रगत दान

MadhesKhabar

Leave a Comment