Madhes Khabar
स्वास्थ्य

पर्साको सतवरीयामा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट २५० जना लाभान्वित

वीरगन्ज,१७मंसिरः पर्साको पोखरिया नगरपालिका–५ सतवरिया टोलमा बुधबार आयोजित निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविरबाट २५० भन्द्या बढी लाभान्वित भएका छन् । लायन्स क्लब वीरगन्ज परिवार र लायन्स क्लब वीरगन्ज सेन्ट्रलको आयोजनामा भएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविरमा जाँच गराएका २५० जनामध्ये ५७ जनामा मोतियाबिन्दुको समस्या भेटिएको छ ।

स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी तथा आशा देवीको पहलमा आयोजित य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र वीरगन्ज सामुदायिक आँखा केन्द्रका चिकित्सकहरूको टोलीले आँखाको जाँच तथा परामर्श प्रदान गरेका थिए।

मोतियाबिन्दु रोग पत्ता लागेकाहरुको निःशुल्क शल्यक्रिया गरिने लायन्स क्लब वीरगन्ज परिवारका अध्यक्ष नरोत्तम पाण्डेय जानकारी दिए।

वडा नम्बर ५ का वडाध्यक्ष महेन्द्र प्रसाद चौहानको अध्यक्षतामा आयोजित शिविरमा राष्ट्रिय मुक्ति नेपालका सह–महासचिव नेजामुद्दीन समानी, नेपाली काँग्रेसकी नेतृ आशा देवी, समाजसेवी मनोज साह कानु , सुनिल साह , गोवर्धन यादव , रहिम मियाँ, कृष्णा पटेल लगायतकाकोपनि उपस्थिति रहेको थियो।

 

Related posts

स्वास्थ्यमन्त्री प्रदीप यादव र कांग्रेस महामन्त्री गगन थापाबिच भेटघाट

MadhesKhabar

वीरगन्जमा आज सरकारी र निजी अस्पताल तथा क्लिनिककाे सेवा ठप्प पारेर डाक्टरहरु आन्दोलनमा

MadhesKhabar

वीरगन्जमा आज थप २९ जनामा हैजाको संक्रमण पुष्टि, अस्पतालमा १६१ जना बिरामी भर्ना

MadhesKhabar

Leave a Comment