Madhes Khabar
स्वास्थ्य

वीरगन्जमा आज सरकारी र निजी अस्पताल तथा क्लिनिककाे सेवा ठप्प पारेर डाक्टरहरु आन्दोलनमा

फाइल तस्बिर ।

वीरगन्ज,१२बैशाख:वीरगन्जका सरकारी र निजी अस्पताल तथा क्लिनिकहरु आज(शुक्रबार) बन्द रहेका छन्।

नारायणी अस्पतालका साथै निजि अस्पताल,मेडिकल कलेजमा आज आकस्मिक उपचार सेवा बाहेकका सबै सेवा बन्द रहेकाे हाे।यस्तै डाक्टरहरुका क्लिनिकहरु पनि आज बन्द रहेका छन्।

नेपाल चिकित्सक संघकाे आह्वानमा आज वीरगन्जका पनि सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिक बाहेकका सेवा ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

अस्पताल र क्लिनिककाे सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका वीरगन्जका चिकित्सकहरुले आजै जिल्ला प्रशासन कार्यालयमा बिहान ११ बजेदेखि धर्ना दिने कार्यक्रम रहेको नेपाल चिकित्सक संघका उपाध्यक्ष डाक्टर निरज सिंहले जानकारी दिए ।

आवासीय चिकित्सकहरूले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ ठाउँबाट धम्की आएको’ भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

Related posts

वीरगन्ज महानगरले सञ्चालनमा ल्यायाे आफ्नै सर्वसुलभ स्वास्थ्य ल्याब

MadhesKhabar

नारायणी अस्पतालकाे एमआरआई सेवा सञ्चालनमा आएकाे ६ महिना नबित्दै अवरुद्घ 

MadhesKhabar

वीरगन्जमा चिकित्सक संघद्वारा डेंगु राेग सम्बन्धि जनचेतनामूलक रयाली

MadhesKhabar

Leave a Comment