Madhes Khabar
स्वास्थ्य

वीरगन्जमा चिकित्सक संघद्वारा डेंगु राेग सम्बन्धि जनचेतनामूलक रयाली

मधेसखबर
वीरगन्ज ,११ असाेज : डेंगु रोगबाट बच्ने सावधानी सम्बन्धि जनचेतना फैलाउन मङ्गलबार वीरगन्जमा रयाली निकालिएको छ ।

नेपाल चिकित्सक संघ नारायणी शाखाको अगुवाईमा डेंगु रोग सम्बन्धि जनचेतना मुलक रयाली निकालिएको हो ।

नगर परिक्रमा गरेकाे उक्त रयालीमा सहभागीहरूले डेंगु राेगबाट वचन अपनाउनु पर्ने सावधानीका बारेमा जनचेतनामूलक सन्देश लेखिएकाे ब्यानर र पम्प्लेट बाेकेका थिए ।

रयालीमा नेपाल औषधी तथा बिक्रि प्रतिनिध संघले पनि सहभागी भएको थियाे । चिकित्सक संघका अध्यक्ष मनोज साहको अगुवाईमा निकालिएको जनचेतना मुलक रयालीमा संघमा आबद्ध चिकित्सक , स्वास्थ्यकर्मी , नेपाल औषधी व्यवसायी संघ पर्साका अध्यक्ष ताजुदिन अंसारी, अन्य औषधी लगायतको सहभागीता थियाे ।

Related posts

नारायणी अस्पतालमा बढे सर्पदंशका बिरामी

MadhesKhabar

वीरगन्ज –१० का वडाध्यक्षले घरको फर्निचर र कम्प्युटर लगेर सञ्चालनमा ल्याए वडा कार्यालय

MadhesKhabar

वीरगन्जका डा. अबुल हैस अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित

MadhesKhabar

Leave a Comment